सामुहिक रुपमा तिज मनाउँदा आत्मियता बढ्छ: नेता अधिकारी
पाेखरा | भदौ २, २०८२
पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ ।
माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो ।
संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

